काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चेक अनादर मुद्दाका फरार प्रतिवादी एक महिलालाई पक्राउ गरी आज एन्टिजेन परीक्षणपछि सुर्खेत जिल्ला अदालतमा उपस्थित
गराउने जनाएको छ ।वीरेन्द्रनगर नगरपालिका -१ सुर्खेत धारपानीका ३२ वर्षीया पार्वती शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
सुर्खेत जिल्ला अदालतको विसं २०७७ फागुन २८ गतेको आदेशले चेक अनादर मुद्दामा प्रतिवादी शाहीलाई दुई वर्ष कैद सजायको फैसला गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अदालतको फैसला कार्यान्वयनका लागि विशेष सूचनाका आधारमा जिल्ला प्रशासन कार्यलयबाट खटिएको प्रहरी टोलीले आइतवार उनलाई पक्राउ गरी कार्यालयको हिरासत कक्षमा राखेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया