काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई सफल हुन नदिने भन्दै त्यस प्रकारको सपना नदेख्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् ।
सोमवारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य श्रेष्ठले प्रतिगमनलाई कुनै पनि अवस्थामा सफल हुन नदिने भन्दै त्यस किसिमको सपना नदेख्न चेतावनी दिए । उनले मुलुक प्रतिगमन र अग्रगमनको द्ध्रन्द संघर्षबाट गुज्रीरहेको बताएका छन् । आफुहरुले एकपटक सरकारको प्रतिगामी कदमलाई असफल पार्न सफल भएपनि प्रतिगमन पुर्ण रुपमा सफल हुन नसकेका कारण प्रतिनिधिसभा दोश्रो पटक पनि विघटन भएको टिप्पणी गरे ।
उनले भने “म चेतावनी दिन चाहन्छु । त्यो कहिलेही पुग्ने पनि छैन । त्यस्तो सपना कसैले नदेखे हुन्छ । हामी प्रतिगमनलाई हरहालतमा परास्त गरि छाड्ने छौ । ”
प्रतिगमन पनि आफ्नै योजना अनुसार सम्पुर्ण संविधान र लोकतन्त्रलाई समाप्त गरेर अघि बढेको भएपछि उत्कर्ष विन्दुमा नपुगेका कारण आफुहरु राष्टियसभामा रहेको बताए । उनले राष्ट्रियसभाको अधिवेशनलाई तत्काल अन्त्य गर्ने तर्फ नसोच्न र जनताको आवाज मुखरित गर्ने औजार र थलोको रुपमा सदुपयोग गर्न सभाअध्यक्षको ध्यानाकर्षण गराए ।
उनले भने, “प्रतिनिधिसभा विघटन भएको अवस्थामा पनि हामी राष्ट्रियसभामा छौ । तत्काल अन्त्य गर्ने दिशा तर्फ नसोचिओस् यस तर्फ ध्यान जाओस् । जनताको आवाज मुखरित गर्ने थलो र संविधान र लोकतन्त्रको रक्षाको निम्ति संघर्ष गर्ने औजार र थलोको रुपमा सदुपयोग गर्नुपर्छ । सम्माननीय अध्यक्ष ज्यु कुन पार्टीको पहिला हुनुहुन्थ्यो या कुन गुटको हुनुहुन्थ्यो भन्ने सोच्ने बेला छैन । यहाँ राष्ट्रियसभाको अभिभावकको रुपमा हुनुहुन्छ त्यसैले केपी ओलीलाई व्यक्तिगत रुपमा सहयोग गर्ने भूमिकाबाट मात्रै आफुलाई सोच्नुहुनेछैन । राष्ट्रियसभाको गरिमा , संविधान र लोकतन्त्रको रक्षाको पक्षमा आफुलाई उभ्याउनुहुनेछ भन्ने आशा र अपेक्षा मैले गरेको छु । ”
उनले सभामा आफुले आधा घण्टा सम्म पनि बोलेको स्मरण गर्दे २० मिनेट बोल्न पाउनुपर्नेमा घटाएर १५ मिनेट बनाएबाट निरंकुशताको र प्रतिगमनको छिटा यही सदन भित्र पनि आउन थालेको महसुस भएको भन्दै त्यसतर्फ आपत्ती गराए ।
प्रधानमन्त्री ओली स्वार्थकेन्द्रीत महत्वाकांक्षाका कारण संविधान र लोकतन्त्र मात्रै नभई पार्टी र कम्युनिष्ट आन्दोलन पनि समाप्त पार्ने दिशामा अघि बढेको दाबी राष्ट्रियसभा सदस्य श्रेष्ठले गरे ।
उनले भने, “के पी ओलीले आफ्नो नेतृत्वको सरकार मार्फत ठिक विपरित तर्फ लैजानुभयो । त्यस अर्थमा संविधानको नाङग्गो उलंघन गर्नुभयो । लोकतन्त्रको धज्जी उडाउनुभयो । अध्यादेशको साथमा निरंकुशन्त्र चलाउनुभयो । देशलाई भ्रष्टाचारको दलदलतर्फ लगेर देशलाई बरबाद गर्न तर्फ जानुभयो । यसको कारण के हो ? लोकतान्त्रिक दृष्टिकोण, चिन्तन र संस्कृतिको विरुद्ध उहाँ आत्मकेन्द्रीत व्यक्तिवाद, चिन्तन र संस्कृतिको शिकार हुनुभयो । आफ्नो व्यक्तिगत महत्वकांक्षा, स्वार्थ र सत्तालिप्साको निम्ति संविधान र लोकतन्त्रलाई ध्वंस पार्ने तर्फ उद्धत हुनुभयो । संविधान र लोकतन्त्र गए जाओस् मेरो पदचाहीँ छोड्नुहुन्न मैले भन्ने दिशातर्फ उहाँ जानुभयो । संविधान र लोकतन्त्र मात्रै होइन र कम्युनिष्ट आन्दोलनपनि सकिए सकियोस् तर मेरो पद चाही छोड्दिन भनेर कम्युनिष्ट आन्दोलन माथि विर्सजनवादी प्रहार गर्नुभयो र एकैपटक प्रतिगामी प्रहार गर्नुभयो र देश अहिले अत्यन्तै संकटपुर्ण अवस्थाबाट गुज्रिरहेको छ । ”
प्रधानमन्त्री ओलीको स्वार्थ केन्द्रीत सत्तालिप्साले नेपालमा विदेशी हस्तक्षेप आमन्त्रण गर्ने स्थानमा पुराएको दाबी राष्ट्रियसभा सदस्य श्रेष्ठले गरे । प्रधानमन्त्री ओलीले विदेशीहरुसंग मिलेर संविधान र लोकतन्त्रमाथि आक्रमण गरेको आरोप उहाँले लगाए । उनले ओलीकै कारण कारण मुलुकको आन्तरिक मामिलामा विदेशीहरुको हस्तक्षेप बढेको बताए ।
उनले भने, “उहाँमा भएको व्यक्ति केन्द्रीत लिप्साले नेपालमा विदेशी हस्तक्षेप आमन्त्रण गर्ने स्थानमा पुरायो र विदेशीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रक्रिया अगाडि बढ्यो । त्यसको योजना र मिलिभगतमा उहाँले अहिले संविधान र लोकतन्त्रमाथि आक्रमण गरिराख्नुभयो । उहाँले राष्ट्रिय स्वाधिनतामाथि गम्भीर धोकाधडी दिनुभयो । उहाँले पहिला चर्चा परिचर्चाको विषय बनाएको राष्ट्रियताको विषय धोका थियो । पुरै राष्ट्रिय आत्मसर्मपणवाद र लम्पसारवादमा पुगिसक्नुभएको छ भन्ने प्रष्ट भयो । आज अतिक्रमित भूभाग र इपिजीको को विषय वार्ताको विषय बन्दैन । नेपालको आन्तरिक मामिलामा हस्तक्षप भईरहेको छ त्यो बारे प्रतिवादको विषय हुदैन बरु विदेशी हस्तक्षेप स्वीकार गर्ने मात्रै होइन विदेशी हस्तक्षेप आमन्त्रण गरेर राष्ट्रिय स्वाधिनतालाई गम्भीर संकटमा पुराउनुभएको छ । यो प्रश्न क्षम्य हुन सक्तैन ।”
आफुहरुको मुख्य कार्यभार प्रतिगामी निरंकुशतन्त्र कुनै पनि अवस्थामा स्थापित हुन नदिनु नै रहेको भन्दै त्यसै अनुसार राजनीतिक संघर्ष अघि बढीरहेको स्पष्ट पारे । अदालतले फेरि पनि संविधान अनुसार नै निर्णय गरेर संविधान र लोकतन्त्रको रक्षा गर्नेछ भन्नेमा आफु विश्वस्त रहेको बताए ।
संविधानमा प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार प्रधानमन्त्रीमा नरहेको भन्दै उनले संविधानको धारा ७६ अन्र्तगतका सम्पुर्ण धाराहरुको कार्यान्वयन समाप्त भएको हो ?भनी प्रश्न गरे । धारा ७६ ५ , ७६, २ नभएको भन्दै उनले ७६, २ नै ७६ ५ हो भनेर व्याख्या गर्नु संविधानलाई विकृत पार्नु हो । ७६ ५ लाई सांसदहरुले नै संसद बचाउन र सरकार बनाउनका लागि प्रयोग गर्ने धारा भएकाले त्यसमा सांसदहरुलाई स्वतन्त्रता दिईएकाले पार्टीको व्हीप नलाग्ने जिकिर गरे ।
उनले संविधान र लोकतन्त्रको हत्या गर्न रचना भएको निर्वाचनको नाटकलाई स्वीकार नगर्ने बताए ।
उनले भने, “निर्वाचन, निर्वाचन , निर्वाचनको कुरा गरिदै छ । के निर्वाचन नै लोकतन्त्र हो ? संविधानको अभिन्न अंगको रुपमा निर्वाचन भयो भने लोकतन्त्र सुदृढ हुन्छ । संविधानलाई मार्न, लोकतन्त्रको हत्या गर्न निर्वाचनको नाटक रचिन्छ भने त्यो लोकतान्त्रिक हुन सक्क्तैन । त्यसो त ज्ञानेन्द्रले पनि चुनावको घोषण गरेका थिए, हामीले भाग लियौ ? यति थाहा हुदाहुदै पनि संविधान र लोकतन्त्रको हत्या गर्ने गरी निर्वाचनको कुरा गर्न सकिन्न । हामी निर्वाचनको पक्षमा छौ तर संविधानसम्मत ढंगले ।”
श्रेष्ठले सरकारले भोट माग्ने अस्त्रको रुपमा कालीगण्डकी तिनाउ डाईभर्सन परियोजना अघि बढाएर संघीयताको हत्या गरेको टिप्पणी गरे ।
उनले भने, “संघीयतालाई पुरै वेवास्ता गरेर, संघीयताको हत्या गरेर कालीगण्डकी तिनाउ डाईभर्सन परियोजना अगाडि ल्याईएको छ । यो मिल्दैन सभामुख महोदय, संघीयताको कोणबाट पनि मिल्दैन । सम्बन्धित प्रदेशसंग समन्वय नगरीकन मिल्दैन । विकासको समग्र योजनाको अंग नबनाईकन भोट माग्ने अस्त्रको रुपमा अगाडि बढाईएको छ । त्यसो गर्न मिल्दैन । ”
राष्ट्रियसभा सदस्य श्रेष्ठले सबै जनतालाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन तथा कोभिड तेश्रो लहरको पुर्व तयारीमा जट्न सरकारको ध्यानाकर्षण गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया