काठमाडौं । टोकियो ओलम्पिकमा सहभागिता जनाउन पौडीवाच एलेक्जेन्डर शाह (एलेक्स) आज (सोमवार) जापान प्रस्थान गरेका छन् ।
ओलम्पिकका लागि एलेक्स र मुख्य प्रशिक्षक शंकर कार्की जापान प्रस्थान गरेका हुन् ।
गौरिका सिंह भने बेलायतबाटै जापान आउने नेपाल ओलम्पिक कमिटिले जनाएको छ । टोकियो ओलम्पिकमा पौडीबाट एलेक्स र गौरिकाले नेपालको प्रतिनिधित्व गर्ने छन् ।
टोकियो ओलम्पिकमा एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले पनि नेपालको प्रतिनिधित्व गर्ने छन् ।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया