चिनियाँ राष्ट्रपति सीसँग नेपाली नेताहरुको भर्चुअल सम्वाद हुँदै

लोकपथ
399
Shares

काठमाडौं । नेपाली नेताहरुले चिनियाँ राष्ट्रपति सी जिङ, पिङसँग भर्चुअल माध्यमबाट छलफल गर्ने भएका छन् ।

उक्त छलफलमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य दलका नेताहरुको समेत सहभागिता रहने बताइएको छ ।
मंगलवार हुने छलफलमा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरुको उपस्थिती रहने बुझिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीले भर्खरै १०० औँ स्थापना दिवस मनाएको छ । सो अवसरमा राष्ट्रपति सीले विभिन्न देशका नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?