काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी कार्तिक २६ र मंसिर ३ गते हुने निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।
सरकारले पठाएको मध्यावधी निर्वाचनको कार्यतालिका स्वीकृत गर्दै आयोगले पहिलो चरणको निर्वाचनको लागि लागि असोज २० गते उम्मेद्वारी मनोनयन, असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।
त्यसैगरी दोस्रो चरणको निर्वाचनको लागि असोज ३१ गते उम्मेद्वारी मनोनयन दर्ता र कार्तिक ५ गते अन्तिम नामावली सार्वजनिक गरेको छ ।
प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ भइरहेका बेला कार्यतालिका सार्वजनिक हुनुलाई विभिन्न कोणबाट मूल्यांकन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया