काठमाडौँ, १३ चैत- लामो समयदेखि निरन्तर घट्दै आएको सेयर बजार परिसूचक नेप्से सोमबार ५१ अंकले घटेको छ । सोमबार कारोबार सुरु भएको पहिलो ४० मिनेटमा नै ३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको बजार अधिकतम ५६ अंकले घटेको थियो । तर, अन्त्यमा झिनो अंकले सुधारिएपछि ५१ दशमलव ८९ अंकले घटेर १ हजार १ सय ६८ बिन्दुमा बजार बन्द भएको छ । यो २०७२ पुस २७ गतेयताकै न्यून बिन्दु हो ।धेरै दिन ओरालो लागेको बजार सोमबार सुधार हुने धेरै लगानीकर्ताको अपेक्षा थियो । आइतबार अर्थमन्त्री डा.युवराज खतिवडाले विराटनगरमा दिएको अभिव्यक्तिले बजार पुनः घटेको लगानीकर्ताको भनाइ छ । खतिवडा गभर्नर हुँदा पनि सेयरबजारप्रति सकरात्मक थिएनन् । सोही कारण उनी अर्थमन्त्री भएदेखि नै लगानीकर्ताहरू त्रसित छन् ।उनले दिएको अभिव्यक्तिले लगानीकर्ताको मनोबल थप खस्केको सेयरबजार लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले बताए, नयाँ पत्रिकामा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया