इजलासमा जवाफी बहस : वरिष्ठ अधिवक्ता दाहालले गरे महान्यायाधिवक्ताको तर्कको खण्डन

लोकपथ
357
Shares

काठमाडौं । सर्वोच्चको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनको मुद्दामा आज जवाफी बहस चलिरहेको छ ।

आजको बहसको क्रममा वरिष्ठ अधिवक्ता हरिहर दाहालले सरकारका कानुनी सल्लाहकार महान्यायाधीवक्ताको तर्कको खण्डन गरेका छन् ।

वरिष्ठ अधिवक्ता दाहालले आज बहस गर्दै महान्यायाधिवक्ता रमेश बडालले हचुवाको करा गरेको जिकिर गरेका छन् । गत सोमवार सरकारी पक्षबाट बहस गर्दै महान्यायाधिवक्ता बडालले विपक्षी गठबन्धनले सांसदहरुको हचुवाको भरमा हस्ताक्षर संकलन गरेको तर्क गरेका थिए ।

त्यसलाई खण्डन गर्दै वरिष्ठ अधिवक्ता दाहालले भने- “ महान्यायाधिवक्ताले हचुवा कुरा गरे । उहाँले अदालतमा बुझाएको हस्ताक्षर किर्ते भन्नुभएको छ । यस्तो कागजातलाई उहाँले कसरी किर्ते भन्न सक्नुभयो रु एमालेका २६ जनाले हस्ताक्षर गरेका छन् यहीँ उपस्थित भएर । यसलाई पनि किर्ते भन्ने रु किर्ते भएको हो भने राज्यका तर्फबाट मुद्दा अभियोजन गर्ने अन्तिम अधिकार महान्यायाधिवक्तालाई छ । उहाँले हचुवा आरोप लगाउन मिल्दैन । उहाँ हचुवा आरोप लगाउने पदमा हुनुहुन्न ।”

आजको बहसका क्रममा प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाले अघिल्लो पटक वैकल्पिक सरकार बन्ने सम्भावना देखिएको भएर प्रतिनिधि सभा पुनर्स्थापना गरेको जिकिर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?