काठमाडौं । सर्वोच्चको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज पनि जवाफी बहस भइरहेको छ ।
वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बहसका क्रममा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालको व्यवस्थाको माया नभएको जिकिर गरेका छन् । उनले प्रधानमन्त्री ओलीले पदमा इन्जोय गरिरहेको कारण त्यसले संविधानको रक्षा नहुने उनको तर्क रहेको थियो ।
“केपी ओलीले त कामचलाउ सरकार पनि विस्तार गरेर बस्नुहुन्छ,” उनको तर्क थियो, “उहाँलाई व्यवस्थाको माया छैन । पदमा इन्जोय गर्न खोज्दै हुनुहुन्छ । ओलीजीको लाइन त मैले गरेपछि मान्नुपर्छ भन्ने ने हो ।” उनले भने, “त्यसरी संविधानको रक्षा हुन सक्दैन । पार्टीले के सजाय गर्छ त्यो राष्ट्रपतिको तहबाट सोच्ने कुरा होइन । राष्ट्रपतिको निर्णयमा अधिकारक्षेत्रभन्दा बाहिरबाट निर्णय भएपछि आदेश जारी किन नहुने ? ।”
बहसका क्रममा उनले संविधानको धारा ७६(५) बमोजिम जुनसुकै दलको सांसद भएपनि सरकार गठन गर्दा विश्वासको मत दिन सक्ने जिकिर गरेका छन् ।
आज संवैधानिक इजलासमा बहसका क्रममा वरिष्ठ अधिवक्ता कार्कीले ७६(२) को दुरुपयोग गर्ने प्रयत्न गरेको जिकिर गर्दै उनले यति सिरियस कुरालाई ढाकछोप गर्नु नहुने समेत बताएका छन् ।
“ जो सुकै पार्टीका भए पनि सांसदलाई विश्वासको मत दिने अधिकार धारा ७६(५) ले दिएको छ । ७६(५) ले निर्दलीय व्यवस्था ब्युँझाउँछ भन्ने होइन श्रीमान् । यो दलीय व्यवस्था दलहरुकै खिचातानीले कमजोर हुन हुँदैन भनेर सांसदलाई स्वविकीय अधिकार प्रदान गरिएको हो । यहाँ ७६(२) को दुरुपयोग गर्ने प्रयत्न भएको छ । ५ पनि दलीय आधारमै हो । यति सिरियस कुरालाई हचुवा तर्कले ढाकछोप गर्न मिल्छ ?”उनले प्रश्न गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया