काठमाडौं । आज पनि प्रतिनिधि सभा विघटनको मुद्दामा रिट निवेदकको तर्फबाट जवाफी बहस हुँदैछ ।
आज विपक्षी गठबन्धनको तर्फबाट जेष्ठ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले समेत बहस गर्दैछन् । उनीसहित अन्य ३ जनाले बहस गर्दैछन् ।
यसअघि ४ जना वरिष्ठ अधिवक्ताहरुका लागि मात्रै समय छुट्यटइएको थियो । तर उनले समेत बहस गर्ने इच्छा देखाएपछि भण्डारीलाई समेत बहसको समय छुट्टयाइएको हो ।
आइतवार नै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेका थिए । भने आज वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहाल लगायतले बहस गर्दैछन् ।
यसअघि पहिलो प्रतिनिधि सभा विघटनका बेला समेत वरिष्ठ अधिवक्ता भण्डारीले रिट निवेदकको पक्षबाट बहस गरेका थिए । तर प्रधानमन्त्री ओलीले उनलाई बाजे वकिललाई अदालत लगेर तमासा देखाएको संज्ञा दिएका दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया