फिलिपिन्स विमान दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ५० पुग्यो

लोकपथ
357
Shares

फिलिपिन्स। फिलिपिन्समा आइतवार भएको सैनिक विमान दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५० पुगेको फिलिपिन्सको रक्षा मन्त्रालयले सोमवार जानकारी दिएको छ । फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा आइतवार दुर्घटनाग्रस्त भएको थियो ।

त्यसमा परेर आइतवार नै कम्तीमा पनि १७ जनाको मृत्यु भएको बताइएको थियो । सैनिकहरु चढेको उक्त विमानमा सवारमध्ये अरु सबै घाइते थिए । ती घाइतेहरु मध्ये केहीको मृत्यु भएपछि सोमवार मृतकको संख्या ५० पुगेको फिलिपिन्सको रक्षा मन्त्रालयले जानकारी दिएको हो ।

सोमवार एकजना सैनिक जर्नेलले दिएको समाचारमा त्यस दुर्घटनामा ९६ जना यात्रु रहेका र तीमध्ये ५० जनाको ज्यान गएको छ। उनका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेमा ४७ जना सैनिक छन् । अरु तीन जना गैर सैनिक नागरिक थिए। सो विमान त्यहाँको सेनाको रहेको बताइएको छ ।

सो विमान कागायान डी ओरोबाट दक्षिणी मिन्डानाओ द्वीपतर्फ सैनिकहरु लिएर गैरहेको थियो । उनले जोलोमा विमान अवतरण गर्न लाग्दा नजिकैको आवासीय क्षेत्रमा खसेको पनि बताए । फिलिपिन्सको रक्षा मन्त्रालयले दुर्घटनाको कारणका बारेमा सरकारले अनुसन्धान शुरु गरेको जानकारी दिएको छ । सेनाका प्रवक्ताले सो विमानको दुर्घटनाका बारेमा आइतवार साँझदेखि नै अनुसन्धान शुरु भएको बताएका छन।

  • एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?