काठमाडौं । अभिनेता कार्तिक आर्यन पछिल्लो समय फिल्म ‘सत्यनारायण की कथा’ को कारणले चर्चामा छन् । चर्चाको कारण टाइटल हो । फिल्मको टाइटललाई धार्मिक संगठनले आपत्ती जनाएका छन् । जसको कारण निर्माण युनिटले टाइटल नाम परिवर्तन गर्ने निर्णय गरेको छ ।
फिल्मका निर्देशक समीर विद्धानले फिल्मको नाम परिवर्तन गर्ने निर्णय गरेको शनिवार ट्वीटर मार्फत् जानकारी दिएका हुन् ।
“एक फिल्मको टाइटल रचनात्मक हिसावले ब्यवस्थित तरिकाले जुर्छ” निर्देशक समीरले भने “हामीले भावनाको ठेस पुर्याउनेबाट बच्नका लागि हालै घोषित आफ्नो फिल्म ‘सत्यनारायण की कथा’ को टाइटल परिवर्तन गर्ने फैसला गरेका छौ । फिल्म निर्माता तथा क्रियटिभ निर्देशकले पनि यो निर्णयमा समर्थन गरेका छन् ।’ फिल्मको प्रेम कहानीका लागि नयाँ टाइटल छिट्टै घोषणा गरिनेछ” । उनले बताएका छन् ।
फिल्मको भिडियो टिजर पोष्टर हालै रिलिज गरिएको छ । फिल्मका निर्माता साजिद नाडियाडवाला हुन् । फिल्मको कथा ‘एक एपिक लव स्टोरी’ बताइएको छ । फिल्मको मुख्य भुमिकामा कार्तिक चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया