सोलुखुम्बुमा भर्‍याङबाट लडेर एक जनाको मृत्यु

RSS
63
Shares

काठमाडौं । सोलुखुम्बुको खुम्बुपासाङलाम्हु गाँउपालिका १ खरिखोला का ३३ बर्षीय रिन्जी पासाङ शेर्पाको भर्‍याङबाट लडेर मृत्यु भएको छ ।

सोताङ गाँउपालिका ५ स्थितमा रहेको बिरेन्द्र ज्योती माध्यामिक बिद्यालयको निर्माणाधिन भवनको मिस्त्री काम गरि सोही स्थानमा नै कोठामा बस्दै आएका रिन्जीआईतवार राती ११ बजे भर्‍याङबाट लडेर कंचटमा चोट लागी गम्भिर घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागी प्राथमिक स्वास्थ्य चौकी सोताङमा लगिएकोमा उपचारको क्रममा राती सँवा १२ बजे मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय सोताङबाट खटेको टोलिले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?