लागु औषधसहित तीन पक्राउ

लोकपथ
104
Shares

कैलाली । कैलाली प्रहरीले जिल्लाका दुई स्थानबाट लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिकाबाट एक जना र घोडाघोडी नगरपालिकाबाट दुई जना गरी तीन जनालाई लागु औषधसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले नौ ग्राम तीन सय ६० मिलिग्राम ब्राउन सुगर सहित घोडाघोडीबाट दुई जनालाई पक्राउ गरेको जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले घोडाघोडी नगरपालिका वडा नं. १ घोडाघोडी मन्दीर नजिक पुर्व पश्चिम महेन्द्रराजमार्ग संकास्पद रुपले बसी रहेका सोही वडा बस्ने २३ वर्षिय बिशाल थापा र शान्तिनगर बस्ने १९ वर्षिय श्याम मगरलाई पक्राउ गरेको हो । प्रवक्ता विष्टका अनुसार उनीहरुका साथबाट लागुऔषधसहित ८९ हजार पाँच सय नेपाली र २३ हजार पाँच सय भारतिय रुपैया, ४ थान मोबाईल बरामद गरेको छ ।

उनीहरुविरुद्ध लागु औषध ब्राउन सुगर शिर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान अघि बढाइएको छ ।

यस्तै, धनगढी उप–महानगरपालिका वडा नं १६ रामपुर स्थित मैतुराम डगौराको घर आँगनमा लागु औषध (गाँजा) सुकाई राखेको छ भन्ने सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बेहडा बाबा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पाँच किलो पाँच सय ग्राम गाँजा बरामद गरेको जनाइएको छ । पक्राउ परेका मैतुराम डगौरामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता विष्टले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?