१२ जेष्ठ २०७९, बिहीवार

नगरपालिकाको निर्णय पुस्तिका हरायो

२०७४,आश्विन,२२,आईतवार ०४:५९

0
Shares

 महोत्तरी, २२ असोज ।गौशाला नगरपालिकाको कार्यालयबाट निर्णय पुस्तिका हराएको छ । नगरपालिका स्थापना पछि भएका निर्णण पुस्तिका पछिल्लो एक महिनादेखि हराएको कार्यालयका पदाधिकारीले जनाएका हुन् ।प्राप्त जानकारीअनुसार तत्कालीन वडा सचिव सुदीप दाहालको नियन्त्रणमा रहेको सो निर्णय पुस्तिका नयाँ कार्यकारी अधिकृत रामजी जोशी आएलगत्तै हराएको बताइएको छ ।नगरपालिकाका पूर्व कार्यकारी अधिकृत शम्भु ठाकुरले अतियमित तवरले रू ९० लाख बराबरको कारोबार गरेको खबर सार्वजनिक भएपछि अनुसन्धान गर्ने क्रममा कार्यालयको निर्णय पुस्तिका सहित चेकबुक, भौचरलगायतका अति आवश्यक कागजात कार्यालयमा फेला नपरेको कार्यकारी अधिकृत जोशीले जानकारी दिए ।आफूले हरेक कर्मचारीसँग यस सम्बन्धमा स्पष्टीकरण लिइरहेकोे र सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गरिने नगरप्रमुख शिवनाथ महतोले बताए ।प्राप्त जानकारी अनुसार सो निर्णय पुस्तिकामा पूर्व कार्यकारी अधिकृतहरु राधेश्याम गिरी, रामकुमार महतो र शम्भु ठाकुरको पालामा भएका महत्वपूर्ण निर्णय छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार ०४:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरमा ३ दिन बाट बेपत्ता युवाको लास फेला परेको छ । उदयपुरको त्रियुगा

हेटौंडा । जिल्ला युवा परिषद् मकवानपुरको अध्यक्षमा सुमन पाख्रिन नियुक्त भएका छन् । पाख्रिनलाई बिहीबार बागमती प्रदेशका युवा तथा खेलकुद

काठमाडौं। स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत

पोखरा । पोखरा महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको भुलका कारण अहिले धेरै मत बदर भएको र गठबन्धन शक्तिले

ताजा समाचार

विप्लव समूहको बैठक उदयपुरमा
 २०७९,जेष्ठ,१२,बिहीवार २०:०५
हेटौंडामा लागुऔषधसहित तीन जना पक्राउ
 २०७९,जेष्ठ,१२,बिहीवार १९:२२