ढाड कम्मर र पेटको समस्या हटाउने योग आसन (भिडियो सहित)

लोकपथ
3.4k
Shares

दैनिक जसो हुने अनलाइन क्लास, वर्क फ्रम होम, अनलाइन मिटिङले धेरैलाई ढाड र कम्मर सम्बन्धी समस्या बढाएको छ । यस्तै खानपिनको उचित व्यवस्था नमिलेको कारण पेट सम्बन्धी धेरै किसिमका समस्या देखा परिरहेको छ ।

अझ सहरी क्षेत्रमा यस्ता किसिमका समस्या धेरै व्यक्तिमा रहेको छ । कसैलाई मधुमेहको समस्या छ भने कसैलाई कब्जियतको, त कसैलाई मिर्गौलाको । यस्ता किसिमका धेरै समस्याहरूलाई हल गर्ने केही सरल योग आसनहरू रहेका छन् ।

योग गुरु लोकनाथ खनालका अनुसार बक्रासन नियमित गर्नाले ढाड कम्मरमा हुने विभिन्न किसिमका समस्याहरू हट्दै जान्छ । यो आसनलाई नियमित रूपमा गर्दा कब्जियतको समस्या पनि हट्छ । यस्तै यो आसन नियमित गर्नाले पेटमा रहेका कलेजो, मिर्गौलाबाट हुने समस्यालाई पनि कम गर्छ । बक्रासन नियमित गर्नाले मधुमेहको बिमारीलाई पनि धेरै फाइदा हुने देखिन्छ ।

यस्तै विभिन्न किसिमका रोग विशेषलाई अति नै महत्त्वपूर्ण रहेको बक्रासन र यसको सहयोगी क्रियाहरू कसरी गर्ने, यसका फाइदाहरू के के रहेका छन् भन्ने विषयमा योग गुरु खनालले प्रस्तुत गर्नुभएको भिडियो हेर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?