काठमाडौं । थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा बढाइएको छ ।
जारी निषेधाज्ञा असार २१ गते राति १२ बजेबाट सकिँदैछ ।
आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो । जसअनुसार आगामी असार ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको हो ।
त्यस्तै एक साता अघि सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटेको छ। सार्वजनिक तथा निजी सवारी साधनमाथि लगाइको जोरबिजोर प्रणाली हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया