शिक्षामन्त्री श्रेष्ठविरूद्ध सर्वोच्चमा रिट दर्ता

लोकपथ
154
Shares

काठमाडौं । रूपा सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेकी छन् । आइतवार उनले शिक्षा मन्त्रीविरूद्ध दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको हो ।

रूपाले शिक्षा मन्त्री श्रेष्ठ, सरकारी वकिल कार्यालय काठमाडौं, महानगरीय प्रहरी वृत्त सिंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाएर रिट दर्ता गराएकी हुन् ।

‘संविधान र कानुनले बर्जित जातीय भेदभाव तथा छुवाछूतजस्तो मुद्दाको अपराध अनुसन्धानलाई मन्त्री श्रेष्ठले नै प्रभावित पारेको दाबी गर्दे त्यस्ता व्यक्ति उपर जातीय भेदभाव तथा छुवाछुत कसुरको कानुनअनुसार कारबाहीको माग गर्दछु’ उनले दर्ता गरेको रिटमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?