काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतवार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग भेटवार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेताहरु पुगेका थिए ।
सो क्रममा आफूहरुले ३ बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा गम्भीर बन्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको प्रवक्ता विश्वकर्माले आइतवारै आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले भेटका क्रममा हप्ता १० दिनभित्र आफूहरुको माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको र त्यसमा प्रधानमन्त्री सकारात्मक भएको जानकारी दिए ।
‘३ बुँदेलाई कार्यान्वयन गर्नेसँग सम्बन्धित विषयमा १० दिनभित्र परिणाम निकाल्ने निष्कर्षमा हामी पुगेका छौं’, उनले भने, ‘बन्दीलाई छिट्टै छाड्नुपर्ने हामीले भनेका छौं । यो राजनीति हो, परिवर्तन हो, आन्दोलन हो । सहमति कार्यान्वयन नभए त्यसको ठूलो मूल्य चुक्ता त सरकारले गर्नुपर्छ ।’े
विश्वकर्माले सरकारको तर्फबाट राजन भट्टराईलाई आफूहरुको माग पूरा गर्न प्रधानमन्त्रीले आवश्यक निर्देशन दिएको पनि जानकारी दिए ।
उनले राजनीतिमा इमान्दारिता सबैभन्दा ठुलो कुरा भएको भन्दै सहमति कार्यान्वयन गर्ने सन्दर्भमा समस्या देखिएको पनि बताए । आफूहरुले शान्ति प्रक्रियालाई अघि बढाउने भनेर नै गत फागुनमा सरकारसँग ३ बुँदे सहमति गरेर मुलधारको राजनीतिमा आएको भन्दै उनले आफूहरुको प्रश्न बन्दी रहेका नेता कार्यकर्ताको रिहाइ भएको बताए ।
सो क्रममा प्रधानमन्त्रीले राजनीतिक घटनाक्रमका कारण आफूले समयमा विप्लवको माग सम्बोधन गर्न नसकेको भन्दै अब शंका नगर्न आग्रह गरेका थिए ।
सरकारले सम्झौत कार्यान्वयन गर्ने भन्ने कुरालाई कहाँ पुर्यो भन्ने हो । जटिलताका कुराहरु राख्नुभयो । हामीले षड्यन्त्र गरेका होइन । म सिरियस र प्रतिबद्ध छु भन्ने कुरा प्रधानमन्त्री भयो । यसबारे रियलाइजेशन र फिलिङ सरकारमा छ ।
हाम्रो भनाइ आफ्नो विषय हामीलाई नजोड्नुस् भनेका छौ। हाम्रो कुरा मात्रै सरोकारको कुरा हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया