उदयपुरमा कुहिएको अवस्थामा शव फेला, लिङ्ग पहिचान गर्न मुस्कील

लोकपथ
161
Shares

काठमाडौं । उदयपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । कटारी नगरपालिका-४ चिम्टाघारी स्थितमा अनुहार तथा लिङ्ग पहिचान गर्न नसकिने तथा अगाडी भाग कुहिएको अवस्थामा शनिवार शव फेला परेको हो ।

शव महिलाको वा पुरुषको भन्ने पनि छुट्टयाउन नसकिने अवस्थामा रहेको जिल्ल प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?