जापान। जापानमा पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ । पहिरो गएको पहाडी क्षेत्रमा आइतवार पनि खोजी कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
पहिरोमा परी कम्तीमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने अरु १० जनालाई घटनास्थलबाट उद्धार गरिएको छ । जापानको मध्य क्षेत्रमा पर्ने अतामीमा भएको घटनामा परी अरु २० जना अझै पनि हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय सरकारी अधिकारीहरुले खोजी कार्य जारी रहेपनि बेपत्ता भएकाहरु जीवितै भेटिने संभावना कम रहेको बताएका छन् ।
अत्यधिक वर्षासँगै शनिवार बिहान भिषण पहिरो गएको थियो । घटनाप्रति प्रधानमन्त्री योशिहिडे सुगाले दुःख व्यक्त गरे। उनले खोजी तथा उद्धार र राहतका कार्यका लागि कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिएका छन ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया