आफ्नै १७ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

लोकपथ
420
Shares

काठमाडौं । बाँकेमा आफ्नै १७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । आफ्नै १७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खजुरा गाउँपालिका-२ केगाँउ बस्ने ४२ वर्षीय पुरुषलाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो।

उनले आफ्नै छोरीलाई विगत ९ वर्षको उमेरदेखि नै पटकपटक जबरजस्ती करणी गर्दै आएको र गत बुधवार बिहान समेत जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी राधापुर बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?