आफूभन्दा १५ वर्ष कान्छो केटासँग डेटमा एन्जलिना जोली

लोकपथ
1.3k
Shares

काठमाडौं । हलिउड एक्ट्रेस एन्जलिना जोली आफ्नो निजी जिन्दगीका कुराले निकै चर्चामा रहन्छिन् । एक्टर ब्रैड पिट र जोलीको जोडीको निकै तारिफ हुने गरेको थियो । तर उनीहरुको ब्रेकअपपछि फ्यानहरु निराश भएका थिए ।

एन्जलीना जोली लस एन्जलसका एक चर्चित सिंगर द वीकेंडसँग डिनर गरिरहेकी तस्वीरले अहिले सामाजिक सञ्जाल तातेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एन्जलीना जोली र द वीकेंड डेट गरिरहेका छन् ।

उनीहरु नामको रेस्टुरेन्टमा डिनर गरिरहेका थिए । रेस्टुरेन्ट हलीउड स्टारहरुले रुचाएका रेस्टुरेन्ट हो । उक्त रेस्टुरेन्टमा २ घण्टा बिताएपछि उनीहरु त्याँहाबाट अलग अलग बाहिर निक्लिएका थिए ।

एन्जलीना जोली अहिले ४६ वर्षकी भएकी छिन् । द वीकेंड भने हाल ३१ वर्षका भएका छन् ।

आफूभन्दा १५ वर्ष कान्छो केटालाई डेट गरेको भन्दै उनलाई सामाजिक सञ्जालमा कमेन्टहरु पनि आइरहेको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?