बैतडीमा जिप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, ४ जनाको अवस्था गम्भिर

लोकपथ
105
Shares

काठमाडौं । बैतडीमा जिप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । बिहान करिब ९:३० बजे भएको जिप दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले लोकपथाई बताएको छ ।

सिगास गाउँपालिका-३ को लगनमा भएको दुर्घटनामा सिगास–३ कै ४५ वर्षका मानसिंह साउद र ७५ वर्षका रामसिंह धामीको मृत्यु भएको हो ।

जिप सडक भन्दा ५० मिटर तल खसेको र १२ जना घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

“१२ जना घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको बुझिएको छ । चालक र गाडी साहु हाल फरार रहेका छन् ।” खड्काले बताए ।

जीपमा १६ जना सवार रहेका थिए । फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?