काठमाडौं । बलिउड अभिनेता आमिर खान र उनकी श्रीमती किरण राव डिभोर्शको बारेमा आमिर खानका साथी अमीन हाजीले टेलिभिजन अन्तर्वार्तामा बोलेका छन् ।
भारतीय सञ्चार माध्यममा अमीन हाजीले भनेका छन् -उनीहरुको डिभोर्शको बारेमा उनी र उनको परिवारलाई केही समयपहिले नै थाँहा थियो ।
“अमीन हाजी भनेका छन् यो बारेमा हामीलाई पहिले नै थाँहा पाएका थियौं । तर किरणले ३ जुलाईमा एनाउन्स गर्ने भनेकी थिइन् ।” उनले भने।
अमिर खान अमीनको विवाहमा बेस्ट म्यान थिए (बेहुलाको सबै भन्दा नजिकको मान्छे) र अमीन आमिरखानको विवाहमा बेस्ट म्यान थिए । सोही कुराको स्मरण गर्दै अमीनले भनेका छन् “उनीहरुको डिभोर्श मेरोलागी पर्सनल लस हो । हामीले बसेर धेरै कुरा पनि गर्यौ । मैले दुबै जनालाई नसम्झाएको होइन ।”

विवाहको १५ वर्षपछि यो जोडीले आफूहरु अलग्गिने घोषणा गरेका हुन् ।
‘यी १५ सुन्दर वर्षहरुमा हामीले एकसाथ जीवनभरका अनुभव, खुशी, हाँसो बाडेका छौं । हाम्रो सम्बन्ध केवल विश्वास, सम्मान र प्रेममा बढेको छ । अब हामी जीवनको एउटा नयाँ अध्याय सुरु गर्न चाहन्छौं– त्यो पति र पत्नीको रुपमा हुने छैन । हामी सह–आमाबाबु र परिवारका रुपमा मात्र रहनेछौं, हामीले केही समयअघि अलग–अलग हुने योजना शुरू गरेका थियौं । अब यस योजनालाई औपचारिक रूप दिन सहज महसूस गरिरहेका छौं ।’ उनीहरुले दिएको स्टेटमेन्टमा भनिएको छ ।
आमिर र किरणको पहिलो भेट फिल्म ‘लगान’को सेटमा भएको थियो । यो फिल्ममा किरण सहायक निर्देशक थिइन् । केही समय सँगै बिताएपछि उनीहरुले सन् २००५ को डिसेम्बर २८ मा विवाह गरेका थिए । उनीहरुले पहिलो सन्तान आजादलाई सरोगेसीका रुपमा सन् २०११ मा जन्म दिएका थिए।
आमिरले यसअघि रीना दत्तसँग विवाह गरेका थिए । विवाहको १६ वर्षपछि उनीहरुले सन् २००२ मा डिभोर्स गरेका थिए । उनीहरुको छोरी इरा र छोरा जुनैद छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया