काठमाडौं । आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।
आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको तराई भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको महाशाखाले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया