युरो कप २०२० : सेमी फाइनलमा को-को भिड्दै ? (तालिकासहित)

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत क्वार्टर फाइनलका सम्पूर्ण खेल समापन भएका छन्।

कुल २४ राष्ट्र सम्मिलित यस प्रतियोगितामा समूह चरणका खेल अन्त्य हुँदा ८ राष्ट्र बाहिरिए। त्यस्तै अन्तिम १६ का खेल सकिँदा अर्को ८ राष्ट्र प्रतियोगिताबाट बहिरिएका थिए। शनिवार राती क्वार्टर फाइनल चरणका खेल अन्त्य हुँदा अब प्रतियोगितामा मात्र ४ टोली बाँकि छन्।

क्वार्टर फाइनलबाट ‘नकआउट’ हुने राष्ट्रहरूमा स्विट्जरल्यान्ड, चेक गणतन्त्र, युक्रेन सहित फिफा वरियतामा विश्व नम्बर १ बेल्जियम पनि पर्यो। यस संस्कारको युरो कपको उपाधि दावेदार मानिएको बेल्जियम इटालीसंग स्तब्ध हुन पुगेको हो।

अब युरो कप २०२० मा सेमी फाइनल चरणका खेलहरु खेलिने छन्। जसमा ४ राष्ट्र प्रतिस्पर्धा गर्दै छन्। सेमी फाइनल प्रवेश गरेका टोलीहरू र खेलको तालिका यस्तो रहेको छ।

 

जुलाई ६, २०२१

१) इटालीविरुद्ध स्पेन


नेपाली समय: मध्यरात १२:४५
स्थान: वेम्बली स्टेडियम, लन्डन, इङ्ल्यान्ड

 

जुलाई ७, २०२१

२) इङ्ल्यान्डविरुद्ध डेनमार्क

नेपाली समय: मध्यरात १२:४५
स्थान: वेम्बली स्टेडियम, लन्डन, इङ्ल्यान्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?