काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का केन्द्रीय कमिटी सदस्य महेश बस्नेतले संघीयता बारे समिक्षा गर्नुपर्ने बताएका छन् ।
शनिवारको केन्द्रीय कमिटी बैठकमा नेता बस्नेतले संघीयताको बारेमा समिक्षा गर्नुपर्ने र धर्म निरपेक्षताको सम्बन्धमा बहस गर्नुपर्ने प्रस्ताव गरेका हुन् । त्यसैगरी उनले मुलुकको विशिष्ट पहिचान घोषणा गर्नुपर्ने, शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउनुपर्ने एक व्यक्तिलाई दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री नबनाउने संबैधानिक ब्यबस्था कायम गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
नेता बस्नेतले पार्टी अध्यक्ष ३ कार्यकाल भन्दा बढी बन्न नपाउने, पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा युवाहरुको ४० प्रतिशत सुनिश्चित गर्नुपर्ने पनि प्रस्ताव गरेका छन् ।
उनले आफुले राखेको प्रस्ताव पार्टी महाधिवेशनको राजनैतिक प्रतिवेदन र पार्टी बिधानका साथै चुनावी घोषणापत्रमा समेत सम्बोधन गर्नेगरी बैठकबाट कार्यदल बनाएर जानुपर्ने प्रस्ताव गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया