जनस्वास्थ्य क्षेत्रमा काम गर्ने मोडलको लक्ष्य (फाेटाेसुट)

काठमाडौँकी स्थानीय बासिन्दा श्रीयांषु पियाको लक्ष्य जनस्वास्थ्य (पब्लिक हेल्थ) को क्षेत्रमा काम गर्ने भन्ने नै छ । विद्यालयको शिक्षा लिँदा देखिनै उनलाई पब्लिक हेल्थको क्षेत्रमा काम गर्ने भन्ने नै थियो ।


आफ्नो बाल्यकालको इच्छालाई पुरा गर्न श्रीयांषु अहिले पोखरा विश्वविद्यालय अन्तर्गत पब्लिक हेल्थ विषयमा ब्याचलर गर्दै छिन् । उनको हब्बि मोडलिङको क्षेत्रमा पनि छ । उनले सुशान्त केसी र नयन लिम्बुको म्युजिक भिडियोमा अभिनय समेत गरेकी छिन् । यो बाहेक उनको मोडलिङको रुचिको क्षेत्र भनेको फोटो सुट पनि रहेको छ ।


उनी फुर्सदको समयमा चित्र पनि बनाउँछिन् । उनलाई स्केच बनाउन र पेन्टिङ गर्न औधी रुचि पनि रहेको छ । चित्रकला विषयमा कुनै अध्ययन नगरे पनि उनले आफ्नो रहरले नै बनाउन सकेको बताउँछिन् ।


४ जनाको परिवारमा कान्छी छोरीको रूपमा रहेकी श्रीयांषुलाई पब्लिक हेल्थकै क्षेत्रमा काम गर्ने धोको रहेको कारण अहिले उनले आफ्नो ध्यान शिक्षाकै क्षेत्रमा बढी समर्पित गरिरहेकी छिन् । पब्लिक हेल्थको क्षेत्रमा काम गर्दा समाजका विभिन्न किसिमका मानिसहरूसँग घुलमिल हुन पाइने, उनीहरूको समस्या थाहा पाइने जस्ता कुराले पनि आफूलाई यो क्षेत्रमा आउने रुचि बढेको उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?