युरो कप २०२० : क्वार्टर फाइनलका अन्तिम दुई खेल आज, इङ्ल्यान्ड पहिलो पटक ‘अवे’ मैदानमा प्रतिस्पर्धा गर्दै

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत आज शनिवार अन्तिम दुई क्वार्टर फाइनल खेलको तालिका रहेको छ।

क्वार्टर फाइनल अन्तर्गत आजका दुई खेल नेपाली समय अनुसार क्रमशः बेलुकी ९:४५ बजे र मध्यरात १२:४५ बजेबाट शुरु हुँदै छन्। आज खेलिने पहिलो खेलमा सन् १९९२ को युरो कप विजेता डेनमार्क र सन् १९९६ को युरो कप उप-विजेता चेक गणतन्त्र आमने सामने हुँदै छन्।

त्यस्तै आजको दोस्रो खेलमा उपाधि दावेदार टोली इङ्ल्यान्ड र युक्रेन प्रतिस्पर्धा गर्दै छन्। यस प्रतियोगितामा पहिलो पटक घरेलु मैदान बाहिर खेल्न गइरहेको इङ्ल्यान्डले यस संस्करणको युरो कपमा आफ्नो पोस्टमा कुनै पनि गोल हुन दिएको छैन। उता शानदार एट्याकिङ फुटबलको नमुना पस्केको युक्रेनले भने आफ्नो चार खेलमा ६ गोल गरिसकेको छ।

आजका दुई खेल

१) चेक गणतन्त्रविरुद्ध डेनमार्क

नेपाली समय: बेलुकी ९:४५
स्थान: ओलम्पिक स्टेडियम, बाकु, आजरबैजान
रेफ्री: बोर्न क्वीपर्स (नेदरल्यान्ड्स)

अन्तिम १६ मा

चेक गणतन्त्रविरुद्ध नेदरल्यान्ड्स २-०
डेनमार्कविरुद्ध वेल्स ४-०

प्लेयर्स टू वाच

चेक गणतन्त्र: प्याट्रिक शिक
डेनमार्क: कास्पर स्माइकल

 

२) युक्रेनविरुद्ध इङ्ल्यान्ड

नेपाली समय: मध्यरात १२:४५
स्थान: ओलम्पिक स्टेडियम, रोम, इटाली
रेफ्री: फेलिक्स ब्रिच (जर्मनी)

अन्तिम १६ मा

युक्रेनविरुद्ध स्वीडेन १-१ (अतिरिक्त समय १-०)
इङ्ल्यान्डविरुद्ध जर्मनी २-०

प्लेयर्स टू वाच


युक्रेन: आन्द्रे यार्मोलेनको
इङ्ल्यान्ड: रहिम स्टरलिङ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?