भक्तपुर । नेपाल पत्रकार मञ्चले नेपाल पत्रकार महासङ्घ भक्तपुरलाई कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।
सहयोग गर्ने स्वास्थ्य सुरक्षा सामग्रीमा सर्जिकल मास्क १ हजार पाँच सय र र ५०० एम एलको २० थान स्यानिटाइजर रहेको छ । मञ्चका अध्यक्ष युवराज विद्रोहीले आज महासङ्घको कार्यालय भक्तपुरमा आएर सो सहयोग प्रदान गरेका हुन् । सो अवसरमा मञ्चका अध्यक्ष विद्रोहीले कोरोना भाइरस सङ्क्रमणबाट पत्रकारलाई जोगाउने अभियानमा मञ्चले विभिन्न सङ्घसंस्थाहरुसँग समन्वय गरेर स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको बताए ।
महासङ्घ जिल्ला अध्यक्ष जगतकृष्ण प्रजापतिले कोरोना सङ्क्रमणको दोस्रो लहरमा भक्तपुरमा २ महिलासहित ८ जना पत्रकार सङ्क्रमित भएको र उनीहरुलाई महासङ्घले आर्थिकलगयात आवश्यक सहयोग गरको बताउँदै मञ्चबाट प्राप्त स्वास्थ्य सुरक्षा सामग्री भक्तपुरका पत्रकारहरुलाई आवश्यकता अनुसार वितरण गर्ने जानकारी दिए ।
यसैबीच महासङ्घ उपत्यका प्रदेश समितिले पनि महासङ्घ भक्तपुर शाखालाई एक हजार थान मास्क सहयोग गरेको छ । महासङ्घ उपत्यका समितिका अध्यक्ष श्रीजन झाको टोलीले अध्यक्ष प्रजापतिलाई मास्क हस्तान्तरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया