कोरोना विरुद्धको चिनियाँ खोप खरीदका लागि सम्झौता, असार २४ देखि ल्याउन थालिने

लोकपथ
70
Shares

काठमाडौं । सरकारले कोभिड १९ विरुद्धको खोप भेरोसेल खरीदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ ।

शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विज्ञप्ति जारी गरेर सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको जानकारी दिएका हुन् ।

भेरोसेल खोप असार २४ गतेदेखि ल्याउन सुरु गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?