काठमाडौं । कालिगण्डकी डाइभर्सन परियोजनाले वैदिक सनातन सभ्यता र परम्परामा समेत खलल पुर्याउने भन्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपालले यसलाई अघि नबढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
परिषद्ले आज एक विज्ञप्ति जारी गर्दै कालीगण्डकीले देवघाटको अस्तित्वलाई बचाइ राखेको बताएको छ । कालीगण्डकी नदीको प्राकृतिक बहावलाई परिवर्तन गरी यसको अस्तिव, जैविक विविधता र गण्डकी एवं सो क्षेत्रको मानवीय सभ्यता संकटमा पार्न पार्नसक्ने भन्दै यसलाई रोक्नुपर्ने परिषद्को माग छ ।
वैदिक सनातन सभ्यता र परम्परामा खलल पुग्ने नेपाली समाज, गण्डकी सभ्यता र सिंगो राष्ट्रहित विपरितको कालीगण्डकी डाइभर्सनको परियोजना रोक्न सरकारको ध्यानाकर्षण विज्ञप्ति मार्फत् गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया