बाढी असर : बन्दिपुरमा विद्युत टेलिफोन लगायतका सेवाहरु अवरुद्ध

RSS
70
Shares

तनहुँ । पर्यटकीयस्थल बन्दिपुरमा टेलिफोन, इन्टरनेट, विद्युत् र खानेपानी सेवा अवरुद्ध भएको छ ।

तीन दिनदेखि परेको अविरल वर्षाले पहिरो जाँदा विद्युत्का पोल ढाल्नुका साथै खानेपानीका मुहान र पानी सङ्कलन ट्यांकी समेत भत्काइदिएको थियो । बन्दिपुर गाउँपालिका क्षेत्रका अधिकांश खेत बगरमा परिणत भएको छ । गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले गाउँपालिका भित्र टेलिफोन, इन्टरनेट,विद्युत र खानेपानी अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको जानकारी दिए ।

मुकुन्देश्वरी डाँडाबाट पहिरो खस्दा खानेपानीको मुहान तथा ट्याङ्की भत्काएर क्षति बनाएको उनले बताए। करिब २० करोडको लागतमा सम्पन्न भएको छापनाहाला खानेपानी ट्याङ्की पूर्ण क्षति बनाउँदा डुम्रे बजारबासीले खानेपानीको समस्या भोग्नुपरेको छ ।

अविरल वर्षाका कारण बन्दिपुर–३ तामुङमा दुई जनाले ज्यान गुमाएका र तीन जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?