सप्तकोशीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन प्रशासनको आग्रह

लोकपथ
105
Shares

काठमाडौं । विगत केहि दिन यता सप्तकोशी नदीको बहावमा उतारचढावको आइरहेको छ ।

पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाले सप्तकोशीको जलस्तर बढीरहेको हो ।

सामान्यतया नदीको वहावमा ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानी रहने कोशीको वहाव पूर्वी पहाडी भेगमा निरन्तरको वर्षासँगै बढ्दो क्रममा छ । आज साँझको मापन अनुसार कोशी ब्यारेज भएर १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक पानी बगिरहेको छ । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक प्रतिसेकेण्ड वहाव मापन हुँदा ब्यारेजका २४ वटा ढोका खोलिएका छन् । कोशीको पछिल्लो मापन अनुसार नदीको वहावमा निरन्तर वृद्धि भैरहेको छ ।सुनसरी जिल्ला प्रशासनले सप्तकोशी नदीको जलस्तरमा घटबढको क्रम जारी रहेपनि अहिले सम्म तटिय क्षेत्रमा भने कुनै पनि खतरा नरहेको बताएको छ ।

प्रशासनले सबै तटबन्ध र स्पर सुरक्षित रहेको र नियमित अनुगमन समेत जारी रहेको बताएको छ । निरन्तर वर्षा भइरहेको हुँदा नदीको वहाव जुनकुनै बेला बढ्न सक्ने भएकोले नदी तटीय क्षेत्रका वासिन्दालाई सर्तक रहन भने सूचित गर्दै आएको सुनसरी प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?