इन्डोनेसियामा १२ देखि १७ वर्ष उमेर समूहलाई खोप लगाउन शुरु

लोकपथ
140
Shares

काठमाडौं । इन्डोनेसियाको सरकारले देशका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र युवायुवती पनि कोरोना भाइरसका विरुद्धको खोप लगाउन शुरु गरेको छ ।

प्राप्त समाचारअनुसार ती नागरिकलाई खोप लगाउनका लागि शुक्रवारबाट अभियान नै शुरु गरिएको बताइएको छ ।

शुक्रवार एन्डोनेसियाको राजधानी जकार्तामा रहेको एक सार्वजनिक विद्यालयबाट सो खोप अभियानको शुरुवाता गरिएको बताइएको छ ।आज बिहान सो विद्यालयका १०० जना विद्यार्थीलाई खोप लगाएर सो अभियान थालिएको छ । देशको सरकारले बालबालिकालाई खोप लगाउने कार्यक्रमलाई एक राष्ट्रिय अभियानका रुपमा शुरु गर्ने जनाएको छ ।

इन्डोनेसियाको जाकार्ता प्रान्तीय प्रशासनले यस क्षेत्रका कम्तीमा पनि १२ लाख जना बालबालिकालाई यो खोप दिने लक्ष्य राखेको छ । विद्यालयहरुमा नै पुगेर सो खोप दिइने एन्डोनेशियाका का स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

इन्डोनेशियामा यही जुलाई १ सम्मको तथ्यांकअनुसार यहाँका तीन करोडभन्दा बढी नागरिकले सिनोभ्याक्सको एक मात्रा खोप लगाइसकेका छन् ।त्यसैगरी १ करोड ३० लाख मानिसले दुवै मात्रा खोप लिएका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?