काठमाडौं उपत्यकामा थप ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि

लोकपथ
392
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ सय १६, भक्तपुरमा ३४ जना र ललितपुरमा ७८ गरी ४ सय २८ जनाका संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ५ सय ९६ परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गरिएको परिक्षणमा पीसीआर विधिबाट १ हजार ३ सय ९१ जना र एन्टीजेन विधिबाट ९ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ९ हजार १ सय ७९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ६ लाख ३ हजार ६ सय पुगेको छ ।

नेपालमा २९ हजार २ सय ७४ जना सक्रीय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?