युरो कप २०२० : क्वार्टर फाइनलमा आज दुई खेल, इटालीको जब्बर रक्षापंक्तिलाई टक्कर दिँदै बेल्जियमको खतरनाक एट्याक

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत आज शुक्रवारबाट अन्तिम ८ टोली क्वार्टर फाइनल चरणमा प्रतिस्पर्धा गर्दै छन्।

क्वार्टर फाइनल अन्तर्गत पहिलो दुई खेल आज नेपाली समय अनुसार क्रमशः बेलुकी ९:४५ बजे र मध्यरात १२:४५ बजेबाट शुरु हुँदै छन्। आज खेलिने पहिलो खेलमा वर्तमान विश्वकप विजेता फ्रान्सलाई प्रतियोगिताबाट ‘नकआउट’ गर्न सफल टोली, स्विट्जरल्यान्डले बलियो टोली स्पेनसँग प्रतिस्पर्धा गर्दैछ।

त्यस्तै दोस्रो खेलमा आज ‘ब्लकबस्टर’ खेलको तालिका रहेको छ। चार पटक विश्वविजेता इटाली फिफा बरियतामा नम्बर १ टोली बेल्जियमसँग आमने सामने हुँदैछ। डिफेन्डिङमा जब्बर मानिने टोली इटाली र गोल मेशिनले भरिपूर्ण बेल्जियमको एट्याक बिचको खेल आजको हाइलाइट रहनेछ।

आजका दुई खेल

१) स्विट्जरल्यान्डविरुद्ध स्पेन

नेपाली समय: बेलुकी ९:४५
स्थान: सेन्ट पिटर्सबर्ग एरेना, रसिया
रेफ्री: माइकल ओलिभर (इङ्ल्यान्ड)

अन्तिम १६ मा

स्विट्जरल्यान्डविरुद्ध फ्रान्स: ३-३, (पेनाल्टी ५-४)
स्पेनविरुद्ध क्रोएसिया ३-३, (अतिरिक्त समय २-०)

प्लेयर्स टू वाच

स्विट्जरल्यान्ड: जेर्दान शाकिरी
स्पेन: अल्भारो मोराटा

 

२) बेल्जियमविरुद्ध इटाली

नेपाली समय: मध्यरात १२:४५
स्थान: एलियान्ज एरेना, म्युनिख, जर्मनी
रेफ्री: स्लाभको भिनचिच (स्लोभेनिया)

अन्तिम १६ मा

बेल्जियमविरुद्ध पोर्चुगल: १-०
इटालीविरुद्ध अस्ट्रिया: ०-०, (अतिरिक्त समय २-१)

प्लेयर्स टू वाच

बेल्जियम: रोमेलु लुकाकु
इटाली: सिरो इम्मोबिले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?