शिक्षकहरुले दिए नगरपालिकामा धर्ना

लोकपथ
231
Shares

कैलाली। कैलालीको गोदावरी नगरपालिका कार्यालयमा शिक्षकहरुले धर्ना दिएका छन्। शुक्रवार नेपाल शिक्षक महासंघ गोदावरी नगर समितिको आयोजनामा शिक्षकहरु धर्नामा बसेका हुन्।

शिक्षकहरुलाई कोभिड भ्याक्सिन उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै नगरपालिका कार्यालय अगाडी २ घण्टा धर्ना दिएको नेपाल शिक्षक महासंघ गोदावरी नगर समितिका अध्यक्ष शिवराज जोशीले बताए । उनले देशव्यापि धर्ना दिने कार्यक्रम अन्तरगत गोदावरी नगरपालिकामा बिहान १० बजे देखि १२ बजे सम्म धर्ना दिईएको बताए ।

शिक्षकहरुले कोरोना खोप संगै सामुदायिक विद्यालयमा कार्यरत सबै शिक्षकहरुलाई समान सुविधा दिनुपर्ने, शिक्षकहरुलाई निजामती कर्मचारी सरह सेवा सुविधा दिनुपर्ने लगायतका माग राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?