जनकपुर, १२ चैत । धनुषाको फकिरचन्द जनता माध्यमिक विद्यालय बरकुर्वाबाट एसइई परीक्षाको गणित विषयको प्रश्न पत्र बाहिरिएको छ । धनुषाका जिल्ला शिक्षा कधिकारी यमबहादुर खड्काले गणित विषयको प्रश्नपत्र बाहिरिएको जानकारी प्राप्त भएको र छानबिन भइरहेको बताए ।एसईई परीक्षाको तेस्रो दिन गणित विषयको परीक्षा भइरहेकोमा परीक्षा सुरु भएको केहीबेरमै ह्वाट्सयपबाट प्रश्नपत्र आउट भएको सार्वजनिक भएको थियो ।तर, प्रश्नपत्र आउट भएको बारे केन्द्राध्यक्ष बैजु साहले भने अस्वीकार गरेका छन् । परीक्षा सुरु भएको केहि समयमै परीक्षा केन्द्रबाट मोबाइलमा फोन गरी प्रश्नपत्र आउट भएको थियो ।जिल्ला शिक्षा अधिकारी खड्काको अनुसार परीक्षा केन्द्रमा केन्द्राध्यक्ष बाहेक भित्र गार्डहरुलाई समेत फोन प्रयोग गर्न निषेध गरिएको भन्दै सहायक शिक्षा अधिकारी मेहिलाल यादवको टोलीलाई परीक्षा केन्द्रमा छानविनको लागि पठाइएको जानकारी दिए ।यादवको टोली परीक्षा केन्द्र पुगेको र फर्किएपछि थप कुरा बाहिर आउने खड्काले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया