ओलीलाई नेपालले तपाईको फोन उठाउन मन थिएन भनेपछि…

लोकपथ
1.2k
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले पटक पटक वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न चाहे पनि समय नदिएको गुनासो गरेका छन् ।

आज एमालेको १३ औँ केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले आफूले पार्टी एकताको विषयमा कुरा गर्न चाहे पनि नेपालले कुरै गर्न नचाहेको गुनासो गरे ।

बैठकलाई सम्बोधन गर्दै ओलीले बिहीवार(हिजो) पनि आफूले पार्टी एकताको विषयमा कुरा गर्न फोन गरेपनि नेपालले आफूलाई फोनै उठाउन मन नभएको प्रतिक्रिया दिएको बताए ।

“मैले भेटौँ भनेर हिजो बेलुकी माधवजीलाई फोन गरेँ । २०(२५ मिनेट कुराकानी भयो । भेटौँ भन्दा माधवले मान्नु भएन । मलाई तपाईको फोन नै उठाउने मन थिएन, साथीहरुको दवावले मात्र उठाएको हुँ भन्नुभयो” नेपालको भनाईलाई उद्रृत गर्दै ओलीले भने ।

पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्किएपछि आजको लागि केन्द्रीय कमिटी बैठक बोलाइएको थियो । आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम उपस्थित भएपनि नेपाल पक्ष भने सहभागी भएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?