काठमाडौं । सिन्धुलीमा प्रहरीलाई आर्थिक प्रलोभनमा पर्न खोजेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
गोलन्जोर गाउँपालिका-७ खुर्कोटबजारस्थित चेक पोष्टमा ईलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरीलाई ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा उदयपुर त्रियुगा नगरपालिका-९ राजाबास बस्ने २९ वर्षीय रमेश दनुवारलाई बिहिवार राति प्रहरीले पक्राउ गरेको हो ।
गाईघाटबाट काठमाडौंतर्फ आँउदै गरेको बा ८ ख ७१६२ नम्बरको हायस गाडीलाई जाँच गर्ने क्रममा गाडीका चालक रमेशले जिल्ला प्रशासन कार्यालय गाईघाट उदयपुरको पासभित्र उक्त नगद दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया