निर्ब्याजी ऋणको तयारी

काठमाडौँ, २२ असोज – कृषि उपज उत्पादनपछिको क्षति न्यूनीकरण गर्ने उद्देश्यले कृषि विकास मन्त्रालयले शीतघर तथा खाद्यान्न भण्डारण स्थापनाका लागि किसानलाई ब्याज अनुदान दिन सुरु गरेको छ ।कृषि उपजहरूको गुणस्तर प्रवद्र्धन गर्न, आवश्यक परिणाम उपलब्धता सुनिश्चित गर्न र व्यावसायिक तथा औद्योगिक उत्पादन र त्यसका बजारीकरणका लागि भण्डारण गर्न किसानलाई ब्याज अनुसार दिन कृषि विकास मन्त्रालयले शीत तथा खाद्यान्न भण्डार घर स्थापना कार्यक्रमका लागि व्याज अनुदान मापदण्ड २०७३ नै जारी गरेको छ । सोही मापदण्ड अनुसार किसानहरूलाई अनुदान दिनका लागि किसान (संस्था)ले प्रस्ताव गरेको प्रस्ताव अर्थ मन्त्रालयलाई सिफारिस गरी पठाउने काम भएको छ । loneमन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले हालसम्म पाँच जना किसानको नाम अर्थमन्त्रालयमा सिफारिस गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?