प्रदेश २ को सांसद बैठक आज बस्दै, यी विधेयक पेश गर्ने

जनकपुर, १२ चैत । २ नंं प्रदेशमा आज प्रदेशसभा बैठक बस्दैछ । यसअघि दुईपटक स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो ।प्रदेश २ संसद सचिवालयले सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको जानकारी दिएको छ ।सोमबार बस्ने बैठकमा प्रदेशसभा नियमावली सम्बन्धी विधेयक, आर्थिक कार्यविधि विधेयक पेश गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?