बालुवाटार बैठक : नेपाल पक्षद्वारा बहिस्कार, वामदेव सहभागी हुने

लोकपथ
154
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी हुने भएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको केन्द्रीय कमिटी बैठकमा गौतम उपस्थित हुन लागेका हुन् ।

गौतम आजको बैठकमा सहभागी हुन लागेको उनको सचिवालयले जनाएको छ ।

आजको बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने उक्त बैठक बहिस्कार गरेको छ । नेपाल पक्षको बिहीवार बसेको स्थायी कमिटी बैठकले बालुवाटार बैठकमा उपस्थित नहुने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?