सीटीईभीटीमा शिक्षामन्त्रीको डरलाग्दो ‘चलखेल’, के- के गरे ?

काठमाडौँ, २२ असोज- गोपालमान श्रेष्ठ शिक्षामन्त्री भएको केही दिनमै वन र कृषि विषयका ११ कलेजलाई आशयपत्र (एलओआई) दिए । विदेशी विश्वविद्यालयको सहकार्यमा नेपालमा खोलिएको कलेजको विषय थप गर्न निर्देशिका नै परिमार्जन गरे । केही दिनयता मन्त्रीको ध्यान प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धनमा परेको छ । सम्बन्धन प्रक्रिया अघि बढाउनुअघि सीटीइभीटीको स्तर निर्धारण महाशाखामा पुराना कर्मचारीको सेटै परिवर्तन गरे, कान्तिपुरमा खबर छ ।सीटीईभीटीले ०६९ अघि आवेदन दिएका कार्यक्रमलाई मात्रै सम्बन्धन दिने प्रस्ताव गरे पनि मन्त्री श्रेष्ठ त्यसयता आवेदन दिएका संस्थालाई पनि सम्बन्धन दिन लागिपरेका छन् । त्यस्तै केही समयअघि अख्तियारले कारबाही गर्न सिफारिस गरेको ओम समाजलगायतका नर्सिङ कलेजको सिट थप गर्न खोजिएको छ । एलओआई नै नलिएका संस्थाको कार्यक्रमसमेत स्वीकृत दिने तयारीसमेत सीटीईभीटीले गरिरहेको छ ।सीटीईभीटीअन्तर्गतको कलेजमा पढाइ सुरु भएको महिनौं भइसक्यो । तर, मन्त्री अध्यक्ष हुने बैठकबाट जसरी पनि यही शैक्षिक सत्रदेखि नै लागू हुने गरी सम्बन्धन दिलाउन खोजिएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?