काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेताहरु विमलेन्द्र निधि, शशांक कोइराला र आफुबीच भइरहेको निरन्तरको भेटघाटले पार्टीभित्र उत्साह र नविन तरंग उत्पन्न भएको बताएका छन् ।
शुक्रवार सामाजिक सञ्जालमा लेख्दै नेता सिंहले आफुहरु तीन नेता मिलेर कांग्रेस महाधिवेशनमा नेतृत्व लिने सन्दर्भमा भएको छलफलले सिंगो मुलुककै ध्यानाकर्षण गराएको बताए । उनले पछिल्लोपटक चाक्सीबारीमा भएको छलफलले कांग्रेस महाधिवेशन र समग्र मुलुकको समस्याबारे महत्वका साथ विषय उजागर पनि उल्लेख गरे ।
नेता सिंहले निर्धारित मितिभित्र महाधिवेशन सम्पन गराउनुको विकल्प नभएकाले महाधिवेशनको वातावरण बनाउँदै आवश्यकता अनुसार भेटघाट र छलफललाई निरन्तरता दिने पनि बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया