नारायणगढ – मुग्लिन सडकखण्ड पुनः अबरुद्ध

लोकपथ
203
Shares

चितवन । नारायणगढ – मुग्लिन सडक खण्ड पुनः अबरुद्ध भएको छ । सो सडक खण्डका केराबारीमा आज दिउँसो पहिरो खस्दा सडक पुनः अबरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान खसेको पहिरो बिहान ११ वजे पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसे पछि सडक अपराह्न ३ : १५वजेदेखि अबरुद्ध भएको हो ।

पूर्वी चितवनमा पहिराले दुईको मृत्यु , तीन बेपत्ता

पूर्वी चितवनको राप्ती र कालिका नगरपालिकामा पहिरोले बगाएर दुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राप्ती – १२ को पर्खाल भन्ने स्थानमा माथिबाट पहिरो खस्दा दुई घर बगाउँदा घर भित्र रहेका चार जनालाई पहिरोले बगाएको थियो । ती मध्ये एक जना पुरुषको शव घटना स्थलबाट ५० मीटर तल फेला परेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । मृतकको सनाखत हुन सकेको छैन ।

हराएकाको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैगरी कालिका नगरपालिका – ११ दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङको पहिरोले बगाएर मृत्यु भएको छ । आफन्तकहाँ जाने क्रममा उनलाई पहिरोले बगाएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?