देशभर के-के भयो ? हेर्नुहोस् आजको टप १५ हेटलाइन्स् (भिडियोसहित)

लोकपथ
63
Shares

१. नेकपा ओली पक्षले शुक्रवार बोलाएको एमाले केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्ष सहभागी नहुने,पार्टी एकताका लागि नेपाल पक्षको आग्रह

२.प्रतिनिधि सभा विघटन विरुद्द परेको रिटमा आज पनि सर्वाेच्च अदालतमा सुनुवाई,विघटन संविधान सम्मत भएको प्रधानमन्त्रीका कानून व्यवसायीको तर्क ।

३.राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकाप्रति कांग्रेसले उठायो प्रश्न,प्रतिनिधि सभा विघटन विडम्बनापूर्ण भएको कांग्रेस सांसदको भनाई ।

४. प्रधामन्त्री ओलीको घमण्डले बामपन्थी आन्दोलन धरापमा परेको माओवादीका नेता दिनानाथ शर्माको भनाई,एमालेको एकता जोगाउन ओलीलाई सुझाव ।

५.कोरोनाका कारण गत वैशाख २० गतेदेखि बन्द आन्तरिक हवाइ उडान बिहिबारबाट खुल्यो,उडान खुलेपछि त्रिभुवन विमान स्थलमा यात्रुको चाप ।

६.बाढी पहिरो लगायत विपदमा परेकालाई तत्काल उद्धार गर्न गृहमन्त्री पौडेलको मातहतका निकायलाई निर्देशन,बाढी पहिरोले भत्किएका सडक छिट्टै मर्मत हुने ।

७. बिहिबार नेपालमा कोरोनाका २ हजार ७ सय साठी जना नयाँ संक्रमित थपिए,पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु ।

८.विपक्षी गठबन्धनका विद्यार्थी संगठनद्वारा काठमाडौंमा सरकार विरोधी प्रदर्शन,राष्ट्रपति र प्रधानमन्त्री विरुद्द नारावाजी ।

९.काठमाडौं महानगरले रत्नपार्कको पुलमुनी बनाइएको फ्रन्टलाइनरको चित्र हटाएकोमा कांग्रेसको आपत्ति,कला र कलाकारको अपमान भएको ठहर ।

१०. सरकारले कोराना महामारीका कारण बन्द रहेको भिसा सेवा शुक्रबारदेखि शुरु गर्ने, सेवा शूरु भएपछि पर्यटकलाई सहज हुने अध्यागमन विभागको भनाई ।

११. कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्दा एक जना विरामीको मृत्यु,एम्वुलेन्स चालक घाइते ।

१२.पछिल्ला दिन निरन्तर ओरालो लागेको शेयर बजारमा बिहिबार भने सुधार, सेयरबजार मापक परिसूचक नेप्से १९ दशमलव १२ अंकले बढ्यो ।

१३. चीनियाँ कम्यूनिष्ट पार्टी स्थापनाको सय वर्ष पुग्यो,बिहिवार राजधानी बेइजिङमा भव्य समारोहको आयोजना ।

१४.अफगानिस्तानको हेरात प्रान्तमा अफगानी सैनिक र तालिवानी विद्रोहीवीच भिडन्त,भिडन्तमा २० जना तालिवानी लडाकु मारिए ।

१५. नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण एकसाता पछि सर्‍यो, प्रशिक्षण आगामी मंगलबारबाट शुरु हुने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?