काठमाडौँ, १२ चैत – सर्वाेच्च अदालतले तत्कालीन राजा ज्ञानेन्द्र शाहद्वारा छोरी प्रेरणा शाहलाई छाउनीस्थित ‘विजया घर’ दाइजो दिने कार्य गैरकानुनी ठहर गरेको छ ।पूर्वअधिराजकुमारी प्रेरणाले सर्वोच्चमा दायर गरेको पुनरावलोकन मुद्दामा सर्वोच्चले तत्कालीन राजाले आफ्नो हक नै नलाग्ने राष्ट्रिय सम्पत्ति छोरीलाई दाइजो दिएको फैसलाको पूर्ण पाठमा उक्त सम्पत्ति नेपाल ट्रस्टको नाममा राखिनु संवैधानिक रहेको व्याख्या छ ।‘अरूको हक नलाग्ने सम्पत्ति मात्र आफूखुसी दान, बकस, दाइजो, पेवा दिन मिल्छ । तर आफ्नो हक नै नपुग्ने सम्पत्ति कुनै किसिमबाट अरूलाई हक हस्तान्तरण गर्दैमा (त्यसले) कानुनी मान्यता पाउन सक्दैन,’ फैसलामा छ, ‘तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो हक नै नभएको जग्गा छोरीलाई दाइजो दिएका हुन् । एकातिर हकै नभएका सम्पत्ति पिता ज्ञानेन्द्रबाट प्राप्त गरेको अवस्था छ भने अर्कोतर्फ कानुनको रीत पुर्याई पारित गरेको कार्य कानुनसम्मत छैन ।’ २०७३ पुस २१ मा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय दीपककुमार कार्की र सपना मल्ल प्रधानको पूर्ण इजलासले दाइजोका रूपमा पाएको दाबी गरिएको पूर्वअधिराजकुमारी प्रेरणाको जग्गा दाइजो नठहरिने र उक्त जग्गा नेपाल सरकारको हुने फैसला गरेको थियो । प्रेरणाले सोही फैसला पुनरावलोकन गरिपाऊँ भनी सर्वाेच्चमा निवेदन दिएकी थिइन्, कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया