६० वर्ष माथिका ४ हजार ८ सय बढीले गुमाए ज्यान, अन्य उमेरसमूहका कति ? (विवरणसहित)

लोकपथ
371
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ९ हजार १ सय ४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म कोरोनाका कारण ६० वर्ष भन्दा माथिको उमेरका ४ हजार ८ सय ९० जनाले ज्यान गुमाएका छन् । त्यस्तै, ५० देखी ६० उमेर समूहका १ हजार ७ सय ९२ जनाको मृत्यु भइसकेको छ ।

यस्तो छ अन्य उमेर समूहको विवरण :

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितमध्ये पीसीआर विधिबाट १ हजार ८ सय ५७ जना र एन्टीजेन विधीबाट ९ सय ३ जना थपिएका मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ९ सय ८५ परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार १७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ६ लाख १ सय ४९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?